Breaking News

दार्चुला घटना- नेपाली राष्ट्रिय स्वाधिनतामाथि भारतको नांगो हस्तक्षेप

Banner

काठमाडौं,साउन १६-

चार कम्युनिस्ट पार्टीले दार्चुला घटनाको निर्दा गरेका छन् । आज नेकपा क्रा.मा.का महाचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवु नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीुले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यो घटना नेपाली राष्ट्रिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप भएको बताएका छन् ।

शुक्रबार भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकाली नदीमाथि बनेको तुइन फुत्काउँदा दार्चुलाको ब्यास गाउँपालका(२ का ३५ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । चार कम्युनिस्ट पार्टीले उनको अवस्था सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिन नेपाल सरकारसँग माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>