चितवन विशेष
लियो क्लब अफ भरतपुर युथको रक्तदान कार्यक्रम सम्पन्न
०

चितवन, साउन १५
लियो क्लब अफ भरतपुर युथले रक्तदान कार्यक्रम गरेको छ ।
क्लवले नारायणगढको लायन्स चोकस्थित फुड एण्ड माग क्याफेको प्राङ्गणमा आज शुक्रबार रक्तदान कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा २५ जनाले रक्तदान गरेका क्लबका अध्यक्ष गौरव उपाध्यायले जानकरी दिए ।
क्लबको सम्पर्कमा रहेकाहरुले साउन ११ गते कोरोना भाइरस (कोभिड- १९) विरुद्धको खोप लगाएकाले लक्ष्यभन्दा कम रक्तदान भएको उनले बताए । ८० जनाको रक्तदान गर्ने लक्ष्य राखिएको भए पनि खोप लगाएका कारण लक्ष्य भेट्न न सकेको उनले बताए ।
कोभिडको खोप लगाएका १४ दिनसम्म रक्तदान गर्न मिल्दैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























