Breaking News

माओवादीले सांसदबाट पदमुक्त गराएका नेताको मुद्दा आज आनन्दमोहनको इजलासमा

Banner

काठमाडौं, साउन १५ –

नेकपा माओवादी केन्द्रको कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा आज पनि पेशी तोकिएको छ । बिहिबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेशी तोकिएको सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

आज न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए । त्यस्तै लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेले साउन ४ गते रिट दर्ता गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>