Breaking News
प्रचण्डले गरे माधव नेपालसँग समसामयिक राजनीतिबारे छलफल
०

काठमाडौं, साउन १४ –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटघाट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका प्रचण्डले त्यसपछि नेता नेपालसँग कोटेश्वर पुगेर कुराकानी गरेका हुन् ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र वरिष्ठ नेता नेपालसँग समसामयिक राजनीतिबारे कुराकानी गरेको प्रचण्डको सचिवालयले बताएको छ । उनीहरुबीच आज बिहान ११ बजेतिर भेटवार्ता भएको हो । गठबन्धनका दलहरूबीच मन्त्रिमण्डललाई पूर्णता दिने र न्युनतम साझा कार्यक्रम ल्याउने तयारी छ।
देउवाले शुक्रबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको भएको स्रोतले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























