Breaking News

उखु किसानले अझै पाएनन् भुक्तानी, आन्दोलनको लागि आए काठमाडौं

Banner

काठमाडौं, साउन १४ –

उखु बिक्री गरेको रकम उद्योगले अझै नदिएपछि किसानहरु आन्दोलनका लागि काठमाडौं आएका छन् । सरकार र उद्योगीले प्रतिवद्धता जनाएअनुसार रकम नदिएपछि किसानहरु आज काठमाडौं आएका हुन् ।

एउटै विषय लिएर पाँचौ पटक उखु किसान काठमाडौं आएको हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका अनुसार ६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताईएको छ । समितिका सचिव हरेश्याम राय यादवले सरकारलाई हाम्रो बक्यौता उठाइदेऊ भन्न चाहेको र सकेसम्म प्रधानमन्त्रीलाई नै भेटेर किसानको गुनासो राख्ने बताए ।

६ वटा मिलबाट ४१ करोड रुपैयाँ अझै भुक्तानी पाउन बाँकी रहेको रायले जानकारी दिए । किसानहरुले अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दीरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । यस्तै सरकारले उखु किसानलाई अनुदान दिएको तर उद्योगले हिसाब मिलान नगरेको साढे ६ करोड हाराहारी रकम किसानले पाउन बाँकी रहेको उनीहरुले बताएका छन् ।

 

फाईल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>