Breaking News
सांसद पद गुमाएका चार नेताहरुको रिटमा सुनुवाइ हुँदै
०

काठमाडौं, साउन १४ –
एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको हो ।
माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले दिएको दल त्यागको सूचना दिएपछि उनीहरुको सांसद पद गुमेको थियो । यद्यपि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मन्त्री बनाएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि उनीहरुको मन्त्री पद पनि गुमेका थिए ।
निर्वाचन आयोगले गत असार २३ गते उपलब्ध गराएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको जिकीर गर्दै उनीहरुले प्रतिनिधिसभा सदस्य पद खारेजको निर्णय बदर हुनुपर्ने माग गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























