चितवन विशेष

चितवनका स्वास्थ्य संस्थालाई प्रदेश सरकारको स्वास्थ्य सामग्री

Banner

चितवन,साउन १३-

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले चितवनका स्वास्थ्य संस्थाहरुलाई कोभिड १९ सम्बन्धि अत्यावश्यक स्वास्थ सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बुधबार मन्त्रालय अन्तर्गतको स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले स्वास्थ कार्यालय चितवन र बकुलहर रत्ननगर अस्पताललाई स्वास्थ सामग्री हस्तान्तरण गरेको हो ।

वाग्मती प्रदेश सभा सदस्य कृष्ण भुर्तेलले स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख अमृत महर्जनलाई सामग्रीहरु हस्तान्तरण गरेका हुन्। यी स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर, गाउन, फेसशिल्ड, प्रयोगशालामा प्रयोग गरिने ग्लोब्स् लगायतका ६० हजार रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । कोभिड १९ बाट सुरक्षित रूपमा स्वास्थकर्मीहरुलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ सामग्री हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>