Breaking News

कर्मचारीलाई पर्यटन काज भदौदेखि लागू हुँदै, घरपायक, ससुराली र माइतीघर जान नपाइने

Banner

काठमाडौं, साउन १२-

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्षले यस वर्षदेखि शुरु गरेको कर्मचारी पर्यटन काज भदौदेखि लागू हुने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणबाटै सार्वजनिक संस्थान, प्रतिष्ठान र निजामती कर्मचारीलाई १० दिन पर्यटन काज दिने घोषणा गरेको थियो । आर्थिक वर्षको शुरु देखिनै लागु गर्ने गरी तयारी शुरु गरे पनि कार्यविधि तयारीमा ढिलाइ भएकाले भदौदेखि लागू गर्ने तयारी थालेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन प्रवद्र्धन शाखाका प्रमुख नरहरि घिमिरेले जानकारी दिनुभयो । कार्यविधिको खेस्रा तयार भइसकेकाले सरोकारवालासँग छलफल गरेर तत्काल लागू गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

१० दिनको पर्यटन काजले आन्तरिक पर्यटनको प्रवद्र्धन हुने भन्दै कर्मचारीलाई थप प्रेरित गर्न, निजी क्षेत्रको विकास गर्न, परिवारसँग घुम्ने प्रेरित गर्न यो भ्रमण काजले सहयोग पु-याउने मन्त्रालयले जनाएको छ । कर्मचारीले काज सुविधासँगै भ्रमण स्वीकृति र १० दिनको तलव समेत पाउने गरी कार्यविधि बनाउन शुरु गरेको जनाएको छ । कार्यविधिले आफ्नो घरपायक, ससुराली र माइतीघर भएको क्षेत्रमा जान नपाउने गरी व्यवस्था राख्ने तयारी भएको शाखा प्रमुख घिमिरेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>