Breaking News

बलात्कार मुद्दामा महराले पाए उच्च अदालतबाट सफाइ

Banner

काठमाडौं, साउन १२ –

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले बलात्कार मुद्दाबाट सफाइ दिएको छ। न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको उच्च अदालत पाटनका रजिष्टार गजेन्द्र बहादुर सिंहले संचारकर्मीलाई जानकारी दिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो। २०७६ साल असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । प्रहरीले २० दिनसम्म गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले महराविरूद्ध आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको मुद्दा जिल्ला अदालतमा दर्ता गरेको थियो।

सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबैभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडियो रेकर्ड देखिन्छ । प्रहरीका अनुसार उक्त भिडियोमा आफूमाथि महराले बलात्कार प्रयास गरेको र नमान्दा कुटपिट गरेको शाहीले भनेकी थिइन्। सरकारी वकिल कार्यालयले भने घटनाको रात प्रहरीले लिएको भिडियो आफूले अभियोगपत्र साथ अदालतमा पठाएको बताएको थियो।

मुलुकी अपराध संहिता २०७४ को दफा ३८ को देहाय (घ) बमोजिम कसुरको गम्भीरता बढाउने अवस्थाको भएको भन्दै जबरजस्ती करणी उद्योगमा हुने सजायको डेडी सजाय हुने सरकारी वकिलको माग दाबी थियो।

१९ वर्षभन्दा माथिकी महिलामाथि जबरजस्ती करणी (बलात्कार) भए कसुरदारले ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>