चितवन विशेष

रत्ननगरको जनजागृति विद्यालयलाई आर्थिक सहयोग

Banner

रत्ननगर, साउन १२

पूर्वी चितवनको रत्ननगर नगरपालिकाको विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । रत्ननगरको वडा नम्बर  १४ स्थित जनजागृति माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरिएको हो । हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने केदार कुंवरले विद्यालयलाई आर्थिक सहयोग गरेका हुन् । उनले ६०० युएस डलर (७० हजार) विद्यालयको भौतिक सामग्रीको लागि सहयोग गरेको बताएका छन् । कुंवर उक्त विद्यालयका पूर्व विद्यार्थी पनि हुन् ।

विद्यालयले कुंवरलाई सहयोगका लागि हार्दिक धन्यवाद गर्दै अन्य सुभेच्छुक पूर्व विद्यार्थीहरूलाई पनि यस्तै किसिमका सहयोगको अपेक्षा गरेको शिक्षक रोहिणी न्यौपानेले बताए । उक्त रकम न्यौपानेले विद्यालयका प्रधानाध्यापक विनोद प्रसाद अधिकारीलाई हस्तान्तरण गरेका छन् । सो रकमबाट विद्यालयमा नवनिर्मित सभाहलमा पंखा जडान गर्ने कार्य हुने न्यौपानेले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>