Breaking News

निर्वाचन आयोग पुगेका रेशम चौधरी भन्छन्, ‘म तटस्थ बस्छु’

Banner

काठमाडौं, साउन ११ –

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ रहेको बताएका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले आँफू आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेको बताएका हुन् ।

‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले निर्वाचन कार्यालयबाहिर पत्रकारहरुसँग भनेका छन् ।

उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्‍याइएको हो । यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो । तर चौधरीले नेताहरुलाई भेटेर नै हस्ताक्षर गर्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>