Breaking News
महेश बस्नेतद्धारा खगेन्द्र संग्रौलालाई सेना लाएर तह लाउने धम्की

काठमाडौं, ११ –
नेकपा (एमाले)का नेता एवं सांसद महेश बस्नेतले चर्चित लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई धम्की दिएका छन् । लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत आफुँलाई बस्नेतले धम्की दिएको जानकारी दिएका छन् ।
संग्रौलाले बताएअनुसार बस्नेतले ‘साइबर सेना’ लाएर तह लगाउने प्रत्यक्ष धम्की दिएका छन् । सामाजिक सञ्जालमार्फत संग्रौलाले मार्ने होकि, कुट्ने होकि ? कस्तो धम्की हो भनि बस्नेतलाई सोधेका छन् ।
सामाजिक सञ्जालमा बस्नेतले दिएको धम्कीबारे लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए । तह लाउने बदनाम गरेर,कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला । धन्य ओली सर ’
शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका पराेक्ष धम्की झेलेकाे थिएँ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।तह लाउने बदनाम गरेर,कुटेर हाे कि मारेर हाे?याे अति उदार र सहिष्णु ओली सरकाे आदेशबमाेजिमकाे धम्की त हाेला।धन्य ओली सर!
— Khagendra Sangroula (@belakoboli) July 25, 2021
























