Breaking News

चितवनमा एक वर्षमा ५१ महिला बलात्कृत, चिनेजानेकै व्यक्तिबाटै हुन्छ यौन शोषण

  • Logo
    app haru
  • ११ श्रावण २०७८, सोमबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन ८

चितवनमा एक वर्षमा ५१ जना महिला बलात्कृत भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम् डीएसपी नरहरी अधिकारीका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ५१ वटा जवरजस्ती करणी (बलात्कार) का मुद्दा दर्ता भए ।

आव ०७६/७७ मा कुल ५१, ०७५/७६ मा पनि ५१ र ०७४/७५ मा ५५ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएका थिए ।
जिल्लामा गत आवमा जवरजस्ती करणी उद्योगका १३ वटा मुद्दा दर्ता भए । आव ०७६/७७ मा २५, ०७५/७६ मा ९, ०७४/७५ मा २३ वटा मुद्दा दर्ता भएका थिए ।

यस्तै गत आवमा बालयौन दुरुपयोगका १० वटा मुद्दा दर्ता भए । आव ०७६/७७ मा ५, ०७५/०७६ मा १० र ०७४/७५ मा ५ वटा मुद्दा दर्ता भएका थिए ।

प्रहरीका अनुसार गत आवमा अप्राकृतिक मैथुनका कुनै पनि मुद्दा परेनन् । आव ०७६/७७ मा ३ वटा र ०७५/७६ मा एउटा मुद्दा दर्ता भएको थियो ।

माथिको तथ्यांकलाई विश्लेषण गर्दा चितवनमा यौनजन्य हिंसाका घटनाहरुमा कमी आउन सकेको छैन ।

माथि उल्लेखित यौनजन्य हिंसाका घटनामा प्रहरीले अभियुक्तलाई पक्राउ गरेर कानुनी कारबाहीका लागि मुद्दालाई अदालतसम्म लाने गर्दछ । अदालतले घटनाको प्रकृति र प्रमाणका आधारमा मुद्दालाई फैसला गर्ने गर्दछ ।

पछिल्लो समय बलात्कारको परिभाषालाई परिमार्जित गरिँदै लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार २० वर्षभन्दा कम उमेरका केटीसँग सहमतिमा, प्रेम सम्बन्ध भएर वा विवाह नै गरेर भए पनि यदि शारीरिक सम्बन्ध राखिएको छ भने त्यो बलात्कार हुन्छ । यस्तै विवाह गरिसकेपश्चात पनि श्रीमतीको सहमतिबिना श्रीमान्ले सम्भोग गरेमा पनि त्यो बलात्कार हुन्छ । यदि त्यस्तो भएको प्रमाणित भएमा प्रहरीले जबरजस्ती करणीमा मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया थाल्ने एसपी अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार चितवनमा हुने बलात्कारका अधिकांश घटनामा बालिकाहरु धेरै उमेर पुगेका व्यक्तिबाट यौन शोषणमा परेको पाइएको छ भने अन्यको हकमा एउटै उमेर समूहका व्यक्तिबाट बलात्कृत हुने गरेको देखिन्छ ।

चितवनमा अधिकांश यौजनजन्य हिंसाहरु आफन्त, छिमेकी र साथीसंगी अर्थात चिनेजानेकै व्यक्तिबाट हुने गरेको एसपी अधिकारीले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>