Breaking News

आजदेखि पुनः सक्रिय बन्दै मनसुन, देशभर भारी वर्षा हुने

Banner

चितवन,साउन ११-

केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय हुने भएको छ। मनसुनी सक्रियतासँगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन न्यूनचापीय रेखा विस्तारै नेपालको तराई भूभाग नजिक आउने क्रम सुुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बतााएका छन्।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत जनाएको छ।

विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>