Breaking News

अबदेखि स्वास्थ्य सामाग्रीको अभावमा कसैले ज्यान गुमाउनु पर्दैनः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

Banner

काठमाडौं, साउन १०-

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका हुन्। राज्यमन्त्री श्रेष्ठले आइतबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन्। सपथपछि आइतबार नै राज्यमन्त्री श्रेष्ठले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे।

पदभारपछि मन्त्री श्रेष्ठले कोरोनाबाट जनताको ज्यान जोगाउन हरसम्भव प्रयास गर्ने बताए। अब स्वास्थ्य सामाग्रीको अभावका कारण कोही संक्रमितले पनि ज्यान गुमाउनु नपर्ने उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>