चितवन विशेष

रत्ननगरका ८६ विपन्न परिवारलाई बेटर चितवनको सहयोग

Banner

रत्ननगर, साउन १० –

बेटर चितवन संस्थाले रत्ननगर नगरपालिकामा ८६ परिवारलाई खाद्यान्न, तथा सरसफाई सामाग्री सहयोग गरेको छ । संस्थाको साथी कार्यक्रम अन्तर्गत पुर्वी चितवनको रत्ननगर नगरपालिका वार्ड नं ५ र १५ मा आर्थिक अवस्था कमजोर भएका ८६ परिवारलाई खाद्यान्न तथा सरसफाई सामाग्री सहयोग गरेको हो।

नगरपालिकासँगको समन्वयनमा सम्बन्धित वार्ड कार्यलयसँंग सहकार्य गरी आयोजना गरिएको कार्यक्रममा कोभिड १९ को कारण समस्यामा परेका र नियमित आर्थिक स्रोत नभएका परिवार एवंम् बालबालिकालाई लक्षित गरि अत्यावश्यक खाद्यान्न तथा सरसफाई सामाग्री सहयोग गरिएको हो। कोभिडको संक्रमण दर विस्तारै बढेसँगै सुरक्षाको आवश्यक मापदण्ड अपनाएर आफू र बालबालिकालाई सुरक्षित राख्न संयोजक भट्टराईले अनुरोध समेत गरे । साथी कार्यक्रम अन्तर्गत यसअघि माडीका १४ परिवार र भरतपुरका ६८ परिवारहरुलाई सहयोग गरिएको उनले जानकारी गराए । बालबालिकालाई अत्यावश्यक सामाग्री मास्क, साबुन, सेनिटरी प्याड र आवश्यकता अनुसारको बाल पुस्तक, स्वास्थ्य परामर्श, स्वास्थ्य सामाग्री, उपचार सहायता लगायतका सहयोग संस्थाले निःशुल्क प्रदान गर्दै आईरहेको छ ।

रत्ननगर ५ मा वार्ड सदस्य भोलादेवी गौडेल र वार्ड नं १५का वडाअध्यक्ष होमनाथ लामिछाने प्रमुख अतिथीको रुपमा उपस्थित थिए भने कार्यक्रमको सहजिकरण बेटर चितवनको तर्फबाट सदस्य रेनुका ढकाल र संयोजन समुन्द्र भट्टराईले गरेका हुन् ।

फ्लाईङ्ग एड नेपालको आर्थिक सहयोगमा, ह्युमन प्राक्टिस फाउण्डेसन र स्थानीय पालिकासँगको समन्वयमा चितवनका ७ पालिकामा जोखिममा रहेका समुदायका बालबालिका र उनीहरुका परिवारलाई सहयोग गर्ने लक्ष्य रहेको संस्थाले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>