Breaking News

एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बल्ने महेश बस्नेतको चेतवानी

Banner

काठमाडौं, साउन ९
नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश नल्याउन सरकारलाई चेतावनी दिएका छन् ।

शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए ।

पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा अध्यादेश फेल गराइएको बताउँदै उनले अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याए देशभरि अगो बल्ने चेतावनी दिए ।

यस्तै उनले अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने बताए ।

यस्तै उनले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>