चितवन विशेष
नारायणगढबाट लागु औषधसहित एक जना पक्राउ
०

चितवन,साउन ८-
चितवनको नारायणगढबाट एक जना लागु औषधसहित पक्राउ परेका छन । भरतपुर महानगरपालिका १ लिलाचोक स्थित बुटवलबाट पोखरातर्फ जाँदै गरेका पोखरा महानगरपालिका १० रामघाटका १९ बर्षिय निकेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले उनको साथबाट नुफिन ३० थान,डाइजेपाम ३० थान,फेनारगन ३० थान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले युवकलाई १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























