Breaking News

भोलि दिनभर पश्चिम चितवनमा विद्युत काटिने, यी क्षेत्रमा जाँदैछ लाइन

Banner

nचितवन, साउन ८
भोलि दिउँसो पश्चिम चितवनका विभिन्न क्षेत्रहरुमा विद्युत लाइन काटिने भएको छ ।

नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्र, चितवनले आज शुक्रबार एक सूचना जारी गर्दै भोलि शनिबार (साउन ९ गते) पश्चिम चितवनका विभिन्न क्षेत्रमा लाइन काटिने जनाएको हो ।
चानौली ३३/११ केभी सवस्टेसनमा ब्रेकर मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत काट्न लागिएको वितरण केन्द्रले जनाएको छ ।

वितरित फिडरहरु गीतानगर, रामपुर र नारायणी फिडरको लाइन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म पूर्णरुपमा बन्द हुने वितरण केन्द्रले जनाएको छ ।

मर्मत कार्य समयभन्दा आगाडि सकिएमा आगाडि पनि लाइन दिन सकिने केन्द्रको भनाइ छ ।
केन्द्रका अनुसार बन्द हुने क्षेत्रहरु गीतानगर फिडर अन्तर्गत पर्ने भीमनगर, पर्वतिपुर, जगतपुर, शंकर चोक, लाहुरे चोक, शिवनगर, गीतानगर, पटिहानी लगायत क्षेत्र रहेका छन् ।

यस्तै रामपुर फिडरमा नयाँ बजार, शारदानगर, रामपुर बजार, रामपुर क्याम्पस, फूलबारी क्षेत्र र नारायणी फिडरमा शारदानगर टाउन, बेलवा, विजयनगर, छहारी चोक, गढी, नविन चोक, मोहनपुर, मंगलपुर र फूर्तिचोक क्षेत्रमा विद्युत कटौति हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>