Breaking News

चितवनको एक घरमा गए राति ५ तोला सुन र ५० हजार नगद चोरी

Banner

चितवन, साउन ८
कालिका नागरपालिका ६ स्थित एक स्थानीयको घरमा चोरी भएको छ । अर्जुन होमागाईंको घरबाट गएराति ५ तोलो सुन र ५० हजार नगद चोरी भएको हो ।

दराजको चापी फुटालेर त्यहाँ रहेको ५ तोला सुन र ५० हजार नगद चोरी भएको होमागाईंले जानकारी दिए ।

‘बुवा सुत्ने कोठाको दराजमा सुन र पैसा थियो । बुवा बिरामी हुनुहुन्थ्यो । दुई दिन अघिमात्र अस्पतालबाट ल्याएका हौं । औषधी खाएपछि बुवा मस्त निदाउनु भएछ । चोरले दराजको चापी फुटाएर सुन र पैसा चोरेछ, उनले भने, ‘बाहिरी कोठामा बुवा सुत्नु हुन्थ्यो । बुवा बिरामी भएका कारणले गर्दा म आफैले बुवालाई कोठाको चुक्कुल नलगाई सुत्न भनेको थिएँ । त्यसैले चोरलाई कोठाभित्र पस्न सजिलो भएछ ।’

राति दुई बजेमात्र चोरी भएको थाहा पाएको उनले बताए । चोरी भएको थाहा पाएपछि राति नै प्रहरीलाई बोलाइएको भए पनि अहिलेसम्म चोरी गर्नेको पहिचान हुन नसकेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>