Breaking News
भोलीदेखी चितवनमा अत्यावश्यकका लामो दूरीका सवारी साधन चल्ने

चितवन, साउन ७
चितवनमा लामो दूरीका सवारी साधन पनि चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज सुचना जारी गर्दै लामो दूरीका सवारी साधन पनि संचालन गर्न पाउने बताएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा साउन १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार अत्यवश्यक प्रयोजनमा सम्बन्धित यातायात व्यवसायी संघ/सिफारिस गरेर मात्रै लामो दूरीका सवारी साधन संचालन गर्न पाइने छ । साथै जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सिमित संख्यामा जिल्ला बाहिर सवारी साधन संचालन गर्न पाइने प्रशासनले जनाएको छ । त्यस्तै अन्य जिल्लाबाट आउने सवारी साधनको हकमा सम्बन्धित जिल्लाको सिफारिस भएमा मात्रै संचालन गर्न दिइने प्रशासनले बताएको छ ।

यो पनि पढ्नुहोस्
चितवनमा थप एक साताका लागि निषेधाज्ञा: के–के खुल्ने ? के–के बन्द हुने ?

























