चितवन विशेष
चितवनमा नहरमा डुबेर दुई बालकको मृत्यु
०

चितवन, साउन ६–
चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
आज दिउँसो ३ः५५ बजेको समयमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित नहरमा डुबेर स्थानीय १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । स्थानीय चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए ।
उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबेर बेपबेपत्ता भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा डुबेको स्थानबाट २ सय मिटर पर नहरमा दुवै जनालाई उद्धार गरिएको थियो । तत्कालै उपचारका लागि अस्पताल पठाएकोमा दुवैलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























