Breaking News

राजन गौतममाथि भएको खुकुरी प्रहारप्रति राष्ट्रिय युवा संघ नेपाल चितवनको गम्भीर ध्यानाकर्षण

Banner

चितवन, साउन ४
राष्ट्रिय युवा संघ नेपाल चितवनले राजन गौतममाथि भएको खुकुरी प्रहारको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष सुशिल केसीले आज एक विज्ञप्ति जारी गर्दे उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

हिजो आइतबार राति करिव १०ः३० बजे राष्ट्रिय युवा संघ नेपाल चितवनका जिल्ला कमिटी सदस्य राजन गौतम माथि खुकुरी प्रहार भएको थियो ।

सोही घटनाको निन्दा गर्दै युवा संघले विज्ञप्तिमार्फत भनेको छ, ‘राजन गौतममाथि खुकुरी प्रहारबाट भएको सांघातिक आक्रमणप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । विगतमा समेत अपराधिक घटनाहरुमा संलग्न भरतपुर महानगरपालिका वडा नम्बर ११ मा कोठा भाडामा बस्ने गाँटी भनिने राजकुमार लामाद्वारा राजन गौतममाथि भरतपुर ११ स्थित साथि रवि गुरुङ्गको छोराको जन्मदिनको अवसरमा परिवारसँग बसिरहेको अवस्थामा अचानक घरकम्पाउण्डमा प्रवेश गरी ज्यान मार्ने उद्देश्यबाट खुकरी प्रहार गरिनुलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । साथै यसप्रकारका अपराधिक गतिविधिको घोर भ्रत्सना गर्दछौं ।’

घटनाका दोषिलाई खोजी गरी कानुनी कारबाही गर्न संघले माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘समाज रुपान्तरणको गतिविधिमा अग्रसर हाम्रो संगठन र यस संगठनमा आवद्ध हाम्रा कुनै पनि सदस्यमाथि यस प्रकारका आपराधिक गतिविधि गर्ने जो सकुैलाई हाम्रो संगठन कदापी क्षमा दिन नसक्ने र निज अपराधीलाई यथाशिघ्र खोजी गरी हिरासतमा लिई कडाभन्दा कडा कानुनी कारवाही गर्नका लागि सम्बन्धित प्रशासन समक्ष जोडदार माग गर्दछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>