Breaking News

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधिने

Banner

काठमाडौं, साउन ४ –

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने प्रस्ताव गरेका हुन्।

ओलीले उक्त प्रस्ताव गरेपछि आजै कारबाही गर्नुपर्ने भन्दै केही केन्द्रीय सदस्यहरूको हुटिङ गरेका छन्। अहिले बैठक जारी रहेको छ । आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका थिए। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका थिए भने नेपालनिकट १० सांसद तटस्थ बसेका थिए।

यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका थिए। केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। त्यस्तै तनहुँ १ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका थिए। माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>