Breaking News

छिमेकी मुलुकसँग राम्रो सम्बन्ध पहिलो प्राथमिकता भएको छ : प्रधानमन्त्री

Banner

काठमाडौं, साउन ४ –

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकारको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी आधारभूत खाका सार्वजनिक गरेका छन् । प्रधानमन्त्री देउवाले छिमेकी मुलुकसँग राम्रो सम्बन्ध पहिलो प्राथमिकता भएको बताएका हुन् ।

देउवाले दुवै छिमेकी मुलुक भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नै देशको राष्ट्रिय हितमा रहेको बताए । देउवाले भने, ‘नेपालको राष्ट्रिय हितका आधारमा विदेश सम्बन्ध स्थापित हुन्छ । हाम्रो छिमेक पहिलो प्राथमिकता हो ।’

छिमेकपछि नेपालको प्राथमिकतामा रहेका मुलुकहरु अमेरिका, युरोपेली युनियन, जापान र अन्य विकास साझेदार रहेको उनले बताएका छन् । ‘नेपालको राष्ट्रिय हित लागि छिमेकसहित सबै मुलुकसँग राम्रो सम्बन्ध राख्नुमा छ । कुनै स्थायी शत्रु र मित्र छैनन्, खाली स्थायी राष्ट्रिय हित मात्र रहेको छ ।’ उनले भने ।

प्रधानमन्त्री देउवाले छिमेकी मुलुकहरुको विरुद्धमा जान नसकिने बताए । उनले भने, ‘हामी कुनै पनि हालतमा यि मित्रहरुको खिलाफमा जानै मिल्दैन् ।’ प्रधानमन्त्री देउवाले भारत र चीन दुवैसँग सांस्कृतिक सम्बन्ध रहेको पनि उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>