Breaking News

सुजिता भण्डारीको शव परिवारले बुझे, आजै चितवनमा अन्त्येष्टि गर्ने तयारी

Banner

चितवन, साउन ४–

चितवनको राप्ती नगरपालिका–२ की २३ वर्षीया सुजिता भण्डारीको शव परिवारले बुझेको छ । पोष्टमार्टमका लागि काठमाडौंमा रहेको शव परिवारले आज बुझेको हो । चितवन प्रहरीले परिवारले शव बुझेर चितवन ल्याउन लागेको जानकारी दिएको छ ।

यसअघि परिवारले छोरीको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडानमा थियो । स्थानीयबासीहरुले पनि तत्काल शव बुझ्न नहुने पक्षमा थियो । तर चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिँदै आएपछि अन्ततः परिवारले शव बुझ्न राजी भएको हो ।

प्रहरीका एक अधिकारीका अनुसार भिसेराको रिपोर्ट आईनसकेको तर एक साता भित्र सत्यतथ्य सार्वजनिक हुने बताएका छन् । गत असार ११ गते तरकारी लिन जान्छु भनेर निस्किएकी सुजिता २० गते घरभन्दा करिव ४/५ किलो मिटरको दुरीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा कुहिन लागेको अवस्थामा शव फेला परेको थियो ।

त्यसपश्चात आक्रोशित स्थानीयबासीले पोष्टमार्टमका लागि लैजादै गरेको शव स्थानीयले बाटोमै रोकेका थिए । त्यसदिन साँझ मात्रै सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको थियो । अर्को दिन पुनः आन्दोलन चर्किपछि चितवन प्रशासनले कफ्र्यु लगाउन बाध्य भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>