Breaking News

आज साउनको पहिलो सोमबार, शिवभक्तहरुले व्रत बसेर मनाउँदै

Banner

चितवन, साउन ४–

आज साउन महिनाको पहिलो सोमबार । भगवान शिवको विशेष पूजा आराधना गरि शिवभक्तहरुले व्रत बसेर मनाउँदै छन्। यसवर्ष पनि कोरोना सक्रमण पूर्ण न्यूनीकरण नभइसकेकाले तीर्थस्थलहरुमा निकै कम भक्तालु पुगेका छन् । स्थानीय सरकारहरुले पनि घरमै चाडबाड मनाउन आग्रह गरेकाले तीर्थालुहरु कम भएका हुन् । निषेधाज्ञा खुकुलो भए पनि मठ मन्दिरहरु बन्द भएकाले दर्शनार्थी शिवालयहरुमा निकै कम गएका छन्।

चितवन र तनहुँको पवित्र तीर्थस्थल देवघाटमा पनि भक्तजनको उपस्थिति निकै न्यून छ । तर बिहानैदेखि चोखो भएर शिवको विशेष आराधना भने भइरहेको छ। साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ। सूर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गरेर दक्षिणायन सुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ। भगवान शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ। चन्द्रशेखर भगवान शिवका हजार नाममध्ये एक हो।

भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ। यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। तर अघिल्लो वर्षझैँ यो वर्ष पनि अधिकांश व्रतालूले घरमै बसेर आराधना गर्ने छन्। साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणका कारण घरमै बसेर चाडबाड मनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>