चितवन विशेष

इनरह्वील क्लब भरतपुरको अध्यक्षमा विमला

Banner

चितवन, साउन ४–

इनरह्वील क्लब भरतपुरको अध्यक्षमा बिमला अर्याल अधिकारी चयन हुनु भएको छ । हालै सम्पन्न अधिवेशनले उहाँको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको हो ।

इनरह्वील क्लब अन्तराष्ट्रिय संस्था रोटरी निकटका महिलाहरुको संख्या हो । कार्यक्रमका प्रमुख अतिथि क्लबको डिष्ट्रिक ३५० का उपाध्यक्ष मनकुमारी सेन हुनुहुन्थ्यो । क्लवले महिला उत्थान र सामाजिक सेवाका क्षेत्रमा कामहरु गर्ने अध्यक्ष बिमला अर्याल अधिकारीको भनाइ छ ।

क्लबको उपाध्यक्षमा मधु शाह, सचिवमा माया निउरे, कोषाध्यक्षमा अञ्जु शर्मा तथा सदस्यहरुमा सरिता पिया र नितु भण्डारी रहनु भएको छ । त्यसै गरी क्लबको एडिटरमा इश्वरी बानियाँ र आईएसओमा गौरी खड्का चयन भएको अध्यक्ष विमला अर्याल अधिकारीले जानकारी दिनु भयो । क्लबका निवर्तमान अध्यक्ष रामकुमारी पौडेल हुनुहन्छ ।

महिलाका विषयमा केन्द्रित रहेर आउँदो वर्षका लागि कार्यक्रमहरु बनाउनुका साथै देवघाटको वृद्धासम्मका लागि पनि योजना बनाएको अध्यक्ष विमला अर्याल अधिकारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>