Breaking News

ओली निकट सांसदले पनि दिए देउवालाई विश्वासको मत

Banner

काठमाडौंँ, साउन ३–

आजको प्रतिनिधिसभा बैठकमा रोचक दृश्य देखियो । नेपाली काँग्रेसका सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्दा नेकपा एमालेका अध्यक्ष केपी ओली निकट सांसदहरुले पनि देउवालाई मत दिएका छन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् ।

त्यस्तै डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढा, दाँङका हिराचन्द्र केसी, मुगुका गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका छन् । समानुपातिक सांसद समिना हुसेनले पनि देउवालाई विश्वासको मत दिएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>