Breaking News

प्रधानमन्त्री देउवाले पाए विश्वासको मतः पक्षमा १६५, विपक्षमा ८३ मत, मत दिन्नमा १ मत

Banner

काठमाडौं, साउन ३–

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन् ।

देउवाको पक्षमा १६५ मत प्राप्त भएको छ भने विपक्षमा ८३ मत प्राप्त भएको छ । यस्तै १ मत दिन्न भन्ने पक्षमा छ । योसंगै देउवाले प्रतिनिधिसभाको पुरा कार्यकाल सरकार चलाउने भएका छन् ।

प्रधानमन्त्री देउवालाई आफ्नै दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीको यादव र ठाकुर पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिएका थिए । आज कुल २४९ जना सांसद सहभागि थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>