Breaking News

ओलीलाई संसदबाटै प्रचण्डले दिए चेतावनीः आगोसंग खेल्ने काम राम्रो होइन

Banner

काठमाडौँ, साउन ३–

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई कडा चेतावनी दिएका छन् । संसदमा बोल्दै अध्यक्ष प्रचण्डले आगोसंग खेल्नु राम्रो होइन भन्दै ओलीलाई चेतावनी दिए ।

उनले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिए । प्रचण्डले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’

उनले निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>