Breaking News

ओलीलाई संसदबाटै प्रचण्डले दिए चेतावनीः आगोसंग खेल्ने काम राम्रो होइन

०
Banner

काठमाडौँ, साउन ३–

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई कडा चेतावनी दिएका छन् । संसदमा बोल्दै अध्यक्ष प्रचण्डले आगोसंग खेल्नु राम्रो होइन भन्दै ओलीलाई चेतावनी दिए ।

उनले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिए । प्रचण्डले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’

उनले निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>