Breaking News

लापरबाही गरेर सवारी चलाउँदा दुर्घटना बढ्दै : चितवनमा एक वर्षमा १२८ ले ज्यान गुमाए

  • Logo
    app haru
  • ३ श्रावण २०७८, आइतबार
Banner

– हिरालाल अचार्य ‘डायमण्ड’

चितवन, साउन ३
चितवनमा एक वर्षमा सवारी दुर्घटनाबाट १२८ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ को एक वर्षमा ४३५ वटा सवारी दुर्घटनामा परी १२८ जनाले ज्यान गुमाएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् इन्सपेक्टर भगवाननाथ थापाका अनुसार दुर्घटनामा २९० जना गम्भिर घाइते र ४१३ जना समान्य घाइते भए । मृत्यु हुनेमा पुरुष १०१, महिला २२, बालक २, बालिका २ जना रहेका छन् ।

ट्राफिक कार्यालयका अनुसार कुल दुर्घटना संख्या ४३५ मा १६९ वटा अर्थात ३८ प्रतिशत मोटरसाइकल दुर्घटना रहेका छन् । स्कुटरको दुर्घटनालाई ट्राफिक कार्यालयले मोटरसाइकलकै दुर्घटनामा संलग्न गर्ने गर्दछ । एक वर्षमा मोटरसाइकल दुर्घटनाबाट मात्र ६४ जनाको मृत्यु भएको छ । जुन एक वर्षमा सवारीबाट मृत्यु भएका कुल संख्याको ५० प्रतिशत हो ।

एक वर्षमा भएका ४३५ वटा दुर्घटनामा ६६४ वटा सवारी साधनको संलग्नता रहेको थियो । दुर्घटनामा संलग्न सवारीहरुमा ट्रक÷टेंकर ११५, टिपर १६, बस ४०, माइक्रो ७, जिपकार ८०, ट्याक्टर ३२, टेम्पो २०, मोटरसाइकल ३२१, शा.स चल्ने २८ र अन्य ५ रहेका छन् ।

गत आर्थिक वर्ष २०७६/०७७ मा चितवनमा २६१ वटा दुर्घटनामा १०७ जनाको मृत्यु, १६५ जना गम्भिर घाइते, ३२१ जना सामान्य घाइते भएका थिए ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा २९५ वटा दुर्घटनामा १४६ जनाको मृत्यु, २३० जना गम्भिर घाइते, ३२८ जना सामान्य घाइते भएका थिए ।

पछिल्लो समय तीव्र गतिका कारण सवारी दुर्घटना बढिरहेको ट्राफिक प्रमुख थापाले बताए । अधिकांश दुर्घटना सवारी चालकले सवारी नियम पालना नगरी लापरवाही गरेर सवारी चलाउँदा हुने गरेको उनले बताए । ट्राफिक प्रहरीको पहुँच नपुगेका स्थानहरुमा बढी दुर्घटना भइरहेको उनले बताए । यस्तै सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउनेहरु बढ्दै गएकाले पनि दुर्घटना निम्ति रहेको उनको भनाइ छ । यस्तै जक्सन बाटोमा बत्ती नहुँदा रातीको समयमा दुर्घटना हुने गरेको छ । साँघुरा सडकमा टिप्पर हिँड्दा पनि दुर्घटना निम्ति रहेको उनले बताए ।

ट्राफिक कारबाहीबाट ३ करोड राजश्व :
ट्राफिक कार्यालयका अनुसार चितवनमा गत आवमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई गरिएको कारबाहीबाट ३ करोड ३० लाख ३७ हजार रुपैयाँ कारबाही राजश्व संकलन भएको छ । ३८ हजार ६२२ वटा सवारीलाई कारबाही गरिएको थियो ।

आव २०७६/०७७ मा ३० हजार ८५९ वटा सवारीलाई गरिएको कारबाहीबाट २ करोड ३१ लाख ४ हजार रुपैयाँ राजश्व संकलन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>