Breaking News
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने
०

काठमाडौँ, साउन ३–
अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकको पहिलो दिन आज नै विश्वासको मत लिने भएका छन् । स्रोतका अनुसार सबै परिस्थिति मिलाएर प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने छन् ।
सर्वोच्च अदालतले गत असार २८ संसद पुर्नस्थापना गरेपछि पहिलोपटक आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ।
आज संसद बैठक सुरु हुनुअघि सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारमा विहान ११ बजे माओवादी केन्द्र र २ बजे काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । यस बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने बारे नेताहरुले निर्देशन दिने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























