चितवन विशेष

अदालतले साढे दुई करोड जरिवना तोकेको ढुंगेल चितवनको रत्ननगरमा पक्राउ

Banner

चितवन,साउन १-

बैंकिङ कसुर मुद्दामा दुई करोड ५६ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजायँ पाए पनि फरार रहेका एक व्यक्ति बिहीबार चितवन रत्ननगरमा समातिएका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१६ घर भइ हाल काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका–१५ तीनथाना बस्ने ५५ वर्षको गोपालप्रसाद ढुंगेल रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ( डिएसपी) सूर्य थापाले जानकारी दिए । उनी चितवन रत्ननगर नगरपालिका–११ जिरौनाबाट समातिएका हुन् ।

ढुंगेललाई उच्च अदालत पाटनले गत चैत्र २२ गते कैद र जरिवानाको फैसला सुनाएको डिएसपी थापाले बताए । फरार रहेका उनी चितवनमा लुकीछिपी बस्ने गरेको सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास र निगरानी बढाएको थियो । बिहीबार बिहान साढे नौ बजे समातिएका ढुंगेललाई चितवन जिल्ला अदालतमा हाजिर गराइसकेको डिएसपी सूर्य थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>