Breaking News

एमालेविरुद्ध अझै षड्यन्त्र हुन्छ,अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न सक्छन्ः ओली

Banner

काठमाडौं,साउन १-

नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । संसदीय दलको बैठकमा पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध अझ धेरै षडयन्त्र हुनसक्ने भएकाले सचेत हुनुपर्ने बताए ।

ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत बताए । रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखि नै षड्यन्त्रको आभास आफूले पाएको बताए ।

‘न्याय परिषद्को सिफारिसमा बन्नुपर्ने संवैधानिक इजलास निबेदकको र बार एसोसियसनको दबाबमा बनेसँग षडयन्र सुरु भएको थियो,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले नेता एवम् सांसद महेश बस्नेतले भने, ‘ यो फैसलामा हाम्रो सहमति छैन। तर हामी लोकतन्त्रवादी भएकोले कार्यान्वयन गरिसकेका छौं।’ ओलीले अदालतले किर्ते कागजलाई मान्यता दिएको टिप्पणी समेत गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>