Breaking News

राष्ट्रपतिले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खातीलाई शपथ नगराउने

Banner

काठमाडौँ, साउन १ –

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने भएको हो ।

तर महान्यायाधीवक्ता खातीले आफू राष्ट्रपति, सरकारको प्रमुख कानुनी सल्लाहकार रहेको र राष्ट्रपतिबाटै नियुक्ति गरिएको हुँदा शपथ पनि विगतको अभ्यास अनुसार हुनुपर्ने अडान लिएका छन् ।

सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । तर शपथमा भने उनी उपस्थित हुन अस्वीकार गरेकी हुन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा शपथ गराउन नमानेपछि सवा २ बजे सर्वोच्च अदालतमा नै शपथ गराउने तयारी भएको कान्तिपुर समाचारमा उल्लेख गरिएको छ ।

महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने अभ्यास छ । तर, यसपटक भने राष्ट्रपतिले उक्त अभ्यास तोडेकी हुन् । यसअघिका महान्यायाधीवक्ता रमेश बडाललाई भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ गराएका थिए ।

यसअघि वैशाखमा कोरोना संक्रमणको कारण देखाउँदै न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमा नै गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>