Breaking News
ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ : भट्टराई

काठमाडौं, साउन १ –
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ओलीप्रवृत्ति हिट्लरी नाजीवाद र फासीवादसंग मिल्दोजुल्दो रहेको आरोप लगाएका छन् । उनले सामाजिक संजालमार्फत यस्तो भनेका हुन् ।
खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेको जस्तै ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी गरेको भट्टराईले बताएका छन् ।
उनले भनेका छन्,’खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ आफु कुर्सीमा नरहे आकाशै खस्छ!भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!’
खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ! आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!
— Baburam Bhattarai (@brb1954) July 16, 2021
























