Breaking News
ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्षका सांसदलाई पनि खबर
०
काठमाडौं, असार २१ –
नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।
शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा ओलीले बैठक बस्न बोलाएका हुन् । बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि ओलीले सूचना पठाइएको छ।
नेकपा एमालेका २६ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए। प्रधानमन्त्री हुँदा ओलीले संसदीय दलको बैठक पनि बालुवाटारमै राख्ने गरेका थिए। सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>