Breaking News
कोइराला निवास महाराजगञ्जमा कांग्रेस पौडेल पक्षको बैठक बस्दै
०

काठमाडौं, असार ३१ –
नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्ने भएका छन् । बैठकमा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने बताइएको छ । महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बैठक बोलाइएको छ ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हाल कांग्रेसबाट दुई जनालाई मात्र मन्त्रिपरिषदमा सामेल गरेका छन् । बालकृष्ण खाँणलाई गृह मन्त्रालय र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सरकारमा सहभागी माओवादीका दुई जना मन्त्रीमध्ये पम्फा भुसालले ऊर्जा र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रालयहरु प्रधानमन्त्री देउवाले आफैंसँग राखेका छन् । देउवाले मन्त्रीहरुको नामावली छिटो पठाइदिन पौडेल पक्षलाई आग्रह गर्दै आएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























