Breaking News

मुख्यमन्त्री पौडेलद्धारा चितवनको बाढी,पहिरो प्रभावित क्षेत्रको निरीक्षण

Banner

चितवन,असार ३०-

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पूर्वी चितवनमा बाढी र पहिरोले क्षती पुर्याएको क्षेत्रको निरीक्षण गरेका छन् । मुख्यमन्त्री पौडेलसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र आन्तरीक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले पूर्वी चितवनको कालिका नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा बाढी र पहिरोले क्षती पुर्‍याएको क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।

मुख्यमन्त्री सहितको टोलीले कालिका नगरपालिका सिद्धी,कयर खोला पुलको एकतर्फ भत्किएको संरचनाको निरीक्षण गरेका थिए । बाढी र पहिरोले पुर्‍याएको क्षतीको बारे मुख्यमन्त्रीलाई जानकारी गराउँदै कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठले सिद्धीका २७ घर पूर्ण रुपमा क्षती भएको,सयौं विगाहा खेतीयोग्य जमिन कटान तथा डुवानमा परेको वताए । प्रभावित क्षेत्रको निरीक्षण पछि मुख्यमन्त्री पौडेलले तत्काललाई अवरोध रहेको स्थानको बाटो खुलाउन र पहिरोले पुरिएको घरहरु मर्मत गरि वस्न योग्य वनाउनु पर्ने भन्दै प्रदेश सरकारले त्यसका लागि वजेट पठाउने वताए ।

मन्त्रीद्धय लामा र पाण्डेले तत्काल दिनु पर्ने राहतका लागि निर्णय भईसकेको र आवश्यक थप राहतमा मुख्यमन्त्रीसहितको टोलीले छलफल गरि निर्णय गरिने वताए । सिद्धीको प्रभावित क्षेत्रको निरीक्षणमा बागमती प्रदेश सभा सदस्य घनश्याम दाहाल,मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलिया,भूमि व्यवस्था सम्वन्धी जिल्ला आयोग अध्यक्ष यादव पाठक लगायत पनि उपस्थित थिए । पहिरोले सिद्धीको तीन दोभान वजार पूर्ण रुपमा कंक्रिटमा परिणत गरिदिएको छ ।

कालिकाको निरीक्षण पश्चात मुख्यमन्त्री पौडेलले खैरहनी नगरपालिका २ लदरीमा बाढीले भत्काएको पुल र बाढीलेनै प्रभावित भएको शित भण्डारस्थलको पनि निरीक्षण गरे । खैरहनीका मेयर लालमणि चौधरीले गत असार १६ गते आएको बाढीले नगर भित्र पुर्याएको क्षतीका बारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए । लदरी खोला पुलको निरीक्षण पछि मुख्यमन्त्री पौडेलले पुल निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गर्न नगरपालिकालाई आग्रह गर्दै त्यसमा प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । मुख्यमन्त्री पौडेलले बुधवारनै राप्ती नगरपालिकाको बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>