Breaking News

मसँग व्यक्तिगत कुनै स्वार्थ छैन : ऊर्जामन्त्री भुसाल

Banner

काठमाडौं, असार ३० –

नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्ष साथै ऊर्जामन्त्री पम्फा भुसालले पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने जानकारी दिएकी हुन् ।

‘काम गर्न सरल छु, मिलेर जनताको काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र हो,’ उनले भनिन् । जहिल्यै लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने हुँदै आएको भन्दै उनले त्यसलाई सुधार गर्नुपर्ने बताइन् ।

बिजुली बत्ती बाल्नै नपाएकाहरुसम्म बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्ने र सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने गरी काम गर्नुपर्नेमा उनले बताएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>