Breaking News
माधव नेपालले एमालेविरुद्ध अपराध गर्यो क्षमा हुन सक्दैन: ओली
०
काठमाडौं, असार ३० –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको दाबी गरेका छन् ।
ओलीले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नभएको समेत बताएका हुन् । बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’ ओलीले माधव नेपालले एमालेविरुद्ध अपराध गरेकाले उनलाई क्षमा हुन नसक्ने बताएका छन् ।
ओलीले आफ्नो सरकारले सम्पूर्ण नागरिकलाई निःशुल्क खोप दिने क्रम अघि बढाएको र सोही अन्तर्गत चाहिने जति खोप आउने प्रक्रियामा रहेको भन्दै नयाँ सरकारले निःशुल्क खोप दिने भन्दै तमाशा देखाएको आरोप लगाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























