Breaking News

अर्थमन्त्री शर्मा भन्छन् – ‘मलाई जात र झण्डा चाहिदैँन केवल काम चाहिन्छ’

Banner

काठमाडौं, असार ३० –

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गरेका छन् । अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफूले निष्ठा, इमानदारी र पारदर्शीतालाई नभूल्ने बताएका छन् । उनले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने समेत बताएका हुन् ।

कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’

यो सबैको साझा प्रतिवद्धता हुनुपर्ने उनले भनेका छन् । आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको उनले बताए ।

व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा महल्म लगाउने र कोभिड १९ को महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन आफुले भूमिका खेल्ने नउले बताए ।मन्त्रालयबाट भइरहेको कामदाई आफुले निरन्तर अनुगमन, निर्देशन र सहयोग गर्ने भन्दै उनले कर्मचारीबाट समेत यस्तो सहयोगको अपेक्षा रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>