चितवन विशेष

चितवन ग्रिन लियो क्लबमा खरेललाई पद हस्तान्तरण

Banner

चितवन, असार ३० –

चितवन ग्रिन लियो क्लबमा विकास मिश्रले लियो सुवण खरेललाई पद हस्तान्तरण गरेका छन् । क्लवको छैठौं वार्षिकोत्सवमा मिश्रले खरेललाई पद हस्तान्तरण गरेका हुन् । भरतपुरमा भएको कार्यक्रममा प्रमुख अतिथि लायन भोज बहादुर खड्का रहेका थिए ।

खड्काले समाज रुपान्तरणमा लियो क्लबको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सानो प्रयासले ठूलो प्रतिफल दिन सक्ने भन्दै लियो क्लबले युवाहरुले सामाजिक कार्यमा जोडेको बताएका थिए । उनले कोभिड–१९ महामारीमा पनि चितवन ग्रिन लियो क्लवले उदाहरणीय कार्य गरेको बताएका छन् ।

त्यस्तै चितवन ग्रिन लियो क्लवका संस्थापक अध्यक्ष रोशन पौडेलले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली सार्वजनिक गरेका थिए । कार्यक्रममा पुराना ६ जना चाटर मेम्बरहरुलाई सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा लियो डिष्ट्रिक ३२५ बि टु नेपालका डिष्ट्रिक एडभाइजर लायन देबेन्र्द राज रेग्मी, चितवन ग्रिन लायन क्लव सुमन कोइराला , लियो डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जिक्युटिभ सेक्रेटरी लियो पुरुषोत्तम सुवेदी, लगायतको उपस्थिति रहेको थियो । लियो हरि पौडेलको कार्यक्रम संचालन गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>