Breaking News

नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा सुख्खा पहिरो खस्यो,सडक अबरुद्ध

Banner

चितवन,असार २८-

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज विहान इच्छाकामना गाँउपालिका ६ कालिखोलामा सुख्खा पहिरो जाँदा सडक दुईतर्फी अबरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो नखुल्ने समयसम्म धेर्य गरेर आफ्नो लेनमा बसिदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ । यो सडकखण्डमा एक महिनाको अवधिमा दर्जनबढि पहिरो खस्दा पटक पटक अबरुद्ध भएको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>