Breaking News

एमाले कार्यदलमा १० बुँदे सहमति,संसद विघटनको मुद्दा र सरकारबारे संस्थागत निर्णय गर्ने

Banner

काठमाडौं,असार २७-

नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको छ । सिंहदबारमा आइतबार झन्डै १३ घण्टा बसेको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए । कार्यदल सोमबारदेखि सक्रिय भएको हो । वार्ता सम्पन्न भएपछि नेता प्रदीप ज्ञवालीले निर्णय पढेर सुनाएका थिए ।

आइतबार सहमति भएमा स्थायी कमिटीबाट अनुमोदान गराउने तयारी गरेर दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक सोमबारसम्मका लागि सारिएको छ भने पार्टीको केन्द्रीय कमिटीको बैठक असार २९ गते बिहान ११ बजेका लागि डाकिएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>