मकवानपुर

वाग्मती प्रदेशसभाः दुई आर्थिक विधेयक पारित

Banner

मकवानपुर, असार २७

वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश सरकारद्वारा प्रस्तुत विनियोजित विधेयक २०७८ बहुमतले पारित गरेको छ । बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ पनि बहुमतले पारित गरेको छ ।

सो बैठकमा विनियोजन विधेयक २०७८ का विभिन्न शीर्षकमा आज छलफल सम्पन्न भयो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रालय र प्रदेश नीति योजना आयोगसंँग सम्बन्धित छलफलमा उठेका राष्ट्रिय सरोकारका विषयमा जवाफ दिँदै कोभिड संक्रमणबाट पीडित सबै प्रदेशवासीलाई अनिवार्य रुपमा खोप लगाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

सोही बैठकमा विनियोजन विधेयकमाथि छलफलमा उठेका विभिन्न राष्ट्रिय सरोकारका विषयमा आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपाल, कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री दावा दोर्जे लामा, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल र भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जवाफ दिनुभएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक यही असार २८ गते बिहान ८ बजे बस्ने जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>