Breaking News

माधव नेपालले भने– सर्वोच्चको फैसला अगाडि ओलीसंग एकता हुँदैन

Banner

काठमाडौं,असार २७-

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको (संसद विघटनसम्बन्धी) फैसला अगाडि पार्टी एकता हुन नसक्ने बताएका छन्। आइतबार आफ्नो निजी निवासमा केही केन्द्रीय सदस्यहरुसँगको छलफलका क्रममा नेता नेपालले पार्टी एकताका लागि २ वटा ‘मान्यता’ अगाडि सारेका हुन्।

आइतबार नेपाल निवास कोटेश्वरमा भएको छलफलमा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खविडाले भने, ‘एकताको सन्दर्भमा त माधव कमरेडका २ वटा मान्यता स्पष्ट छन्– एउटा सर्वोच्चको फैसला अगाडि एकता हुँदैन, अर्को समानतामा आधारित मात्रै सम्झौता हुन्छ, तल परेर हुँदैन।’ कहिँ न कहिँ ‘करेक्सन’ हुनुपर्ने भन्ने माग पनि नेता नेपालको रहेको खतिवडाले सुनाए। खतिवडाका अनुसार आइतबार नेपाल निवास कोटेश्वरमा भएको छलफलमा करिब २५ जनाजति केन्द्रीय सदस्यहरु ‘भेला’ भएका थिए।

छलफलका क्रममा पार्टी एकताका लागि भइरहेका प्रयास तथा एकता कार्यदलको काम–कारबाहीबारे पनि समीक्षा भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>