Breaking News

बृहत् नागरिक आन्दोलनका वाग्लेसहित १७ अभियन्ता पक्राउ

Banner

काठमाडौं, असार २७ –

काठमाडौंको सिंहदरबारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पक्राउ परेका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारै पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने माग गर्दै सिंहदरबारको दक्षिणीगेटमा प्रदर्शनमा उत्रिएका अभियन्ता नारायण वाग्लेसहित १७ जना पक्राउ परेका हुन्।

प्रतिष्ठानमा दलीय भागबण्डा नभई वस्तुगत मापदण्डका आधारमा पदाधिकारी नियुक्त गरिनुपर्ने उनीहरुले माग गरेका थिए । पदाधिकारीले गरेको भ्रष्टाचारबारे बारम्बार समाचार आउँदा पनि कुनै छानबिन नगरी सम्बन्धित निकाय बेबखबर रहेको उनीहरुले बताएका छन् ।

आइतबार बिहान ११ बजे सिंहदरबार मार्चमा गएका अभियन्ताहरूलाई नियन्त्रणमा गरिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक हरि बस्नेतले जानकारी दिए।

अहिले सम्म नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत १७ जना अभियन्ता प्रहरी नियन्त्रणमा रहेको बस्नेतले बताए । निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>