Breaking News

चितवनमा घाँस काट्न गएकी किशोरीमाथि पछाडिबाट मुख बन्द गरी करणी गर्न खोजियो

Banner

चितवन, असार २६ –

चितवनमा किशोरीमाथि जबरजस्तीकरणी प्रयास गर्ने एक पुरुष पक्राउ परेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिकामा १७ वर्षीय किशोरीमाथि करणी गर्न खोजेको आरोपमा २७ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

राप्तीको वडा नम्बर ७ मा शुक्रबार साँझ बारीमा घाँस काट्न गएको समयमा पछाडिबाट मुख बन्द गरी किशोरीलाई करणी गर्न खोजेको पिडित पक्षले बताएका छन् । पक्राउ पर्नेमा सोही वडाका २७ वर्षीय महेन्द्र सापकोटा रहेका छन् ।

किशोरीले चिच्याएपछि छिमेकीहरुले थाहा पाएर सापकोटालाई वडा प्रहरी कार्यालयमा बुझाएको डिएसपी सुर्य बहादुर थापाले जानकारी दिए । पक्राउ परेका सापकोटालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको थापाले बताए । पिडित पक्षले भने हालसम्म प्रहरीमा जाहेरी दिएको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>